बुधबार, २६ नोभेम्बर २०२५

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नाफाभन्दा आम मानिसलाई फाइदा दिने मूल सिद्धान्तमा अघि बढिरहने आईएमई संस्थापकहरूको प्रतिबद्धता

शुक्रबार ललितपुरमा आयोजित आइएमईको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए। द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै गभर्नर पौडेलले देशलाई अहिले पनि जोखिम लिन सक्ने धेरै उद्यमीहरूको खाँचो रहेको उल्लेख गरे। सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधारहरू रहेको प्रस्ट्याए। अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरूले नाफा मात्रै कमाउने कुरामा ध्यान नदिएर आम मानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन वटा मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए। यीनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौं गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको पनि संस्थापक अध्यक्ष ढकालले उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल-इरान युद्ध :  तेलको बाटो छेकिने डर

विश्वको करिव छैठौं स्तरको तेला निर्यातको यो मार्ग इरान र इजरायलबीचको लडाईका कारण प्रभावित छ। यो मार्ग भएर प्रतिदिन १ करोड ७२ लाख व्यारेल पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सग र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण

त्यसलगत्तै इरानले पनि इजरायलमाथि आक्रमण जारी राखेको छ। शुक्रबारदेखि उसले तेल अभिव र जेरुसेलममा सयौं क्षेप्यास्त्रहरू प्रहार गरेको छ। शनिबार राति भएको आक्रमणमा इजरायलमा केही बालबालिकासहित कम्तीमा ८ जना मारिएका छन्। भने सयौं घाइते भएका छन्। इरानका सरकारी टेलिभिजनहरूले तेलअभिवका सैन्य अड्डा र वरिपरिका वस्तीहरू ध्वस्त पारिएको भिडिओहरू सार्वजनिक गरिरहेका छन्। जेरुसेलमपछि तेलअभिव इजरायलको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको सहर हो। इजरायलका लागि यी रणनीतिक सहर पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नागढुंगामा हायस दुर्घटना, २० घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौंबाट चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्। शनिबार दिउँसो बा३ख ८३२९ नम्बरको हाइस नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि दुर्घटनामा परेको हो। हाइस सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘करेन्ट’ लगाएर माछा मार्ने क्रममा खोलामै ढले दम्पती

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू छन्। मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

अग्नीप्रसादको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेका होइनौं- प्रचण्ड

उनले पार्टी अध्यक्ष अग्नी सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको भन्ने प्रतिपक्षको आरोपलाई पनि खण्डण गरे।  ‘यस्ता वाहियात कुराहरूलाई मानिसले प्रचार गरिरहेका छन्। त्यस्तो केही पनि होइन। भिजिट भिसा प्रकरण र अग्नी सापकोटाको मुद्दामा कुनै साइनो सम्बन्ध नै छैन’ प्रचण्डले भने ‘सदन खोल्ने सहमतिलाई सत्तामा जान लागेको हो कि भन्ने पनि छ। तर अहिले माओवादीको ध्यान सत्तातिर छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले पनि थाल्यो इजरायलमाथि ‘जवाफी आक्रमण’

इजरेली सेनाले इरानमा आक्रमण गर्दै त्यहाँको नतान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ। इरानले पनि इजरायलविरुद्ध जवाफी कारबाही सुरु गरेको छ। शुक्रबार रातिदेखि इजरायलले इरानमाथि ‘निर्णायक आक्रमण’ सुरु गरेको घोषणा गरेको थियो। ब्लास्टिक मिसाइलहरूबाट इजरायली फौंजले इरानको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने नतान्जस्थित मुख्य युरेनिअम (परमाणु) प्रशोधन केन्द्र र बिमानस्थलमा आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्साको विरगंज महानगरपालिका-१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विरगंज-२ छप्कैया बस्ने २१ वर्षिय राहुल कुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षिय कौशलकुमार गुप्ता छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

एअर इण्डिया दुर्घटनामा एक यात्रुको जीवितै उद्दार

बिहीबार गुजरातको अहमदावादमा एउटा जहाज भयानक दुर्घटनामा पर्‍यो। त्यो जहाजमा २४२ जना यात्रु थिए। ती मध्ये एकजना भने बाँच्न सफल भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिजिट भिसा प्रकरण: छानिबिनका लागि सत्ता प्रतिपक्ष ‘सहमति नजिक’

बिहीबार दिनभरि पनि सत्ता र प्रतिपक्षहरू श्रृङ्खलावद्ध बैठकमा थिए। ती बैठकहरूबाट लगभग सहमति नजिक पुगिएको प्रचण्डले बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छनबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने माग प्रतिपक्षको थियो। तर माओवादीले भने त्यो माग छोडिसकेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजीनामाको मागबाट पछि हटेर अब छानबिन समिति बनाउनेमा सहमति खोजिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशमा संकटकाल लगाएर इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण

इरान विश्वको सबैभन्दा ठूलो परमाणु हतियार उत्पादन गर्ने देश हो। संयुक्त राष्ट्र संघको चेतावनी लत्याउँदै उनसले यस्ता खतरनाक परमाण परियोजनाहरू चलाउँदै आएको छ र अमेरिकालगायत विश्वका कैयौं देशले इरानमाथि प्रतिबन्ध लगाएका छन्।  उसका ती परमाणु परियोजनाहरूलाई इजरायलले भने आफ्नो अस्तित्वका लागि ‘खतरा’ भनेको छ। तिनै परमाणु परियोजनाहरूलाई ध्वस्त पार्ने उद्देश्यका साथ इजरायले आक्रमण सुरु गरेको हो। यो आक्रमणको सुरुवातमै इजरायले इरानको ‘परमाणु प्रशोधन केन्द्रको मुटुमै’ प्रहार गरिएको जनाएको छ। यो प्रशोधन केन्द्र इरानको राजधानी तहरानभन्दा कम्तीमा २५५ किलोमिटर दक्षिणमा पर्ने नान्ताज सहरमा छ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना

हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईं थुनामा, मिश्र र धवल ‘फरार प्रतिवादी’

बुधबार मध्यरातमा आदेश जारी गर्दै अदालतले अरु ३२ जनालाई भने धरौटी जमानतमा रिहा गर्न भनेको छ। यसरी धरौटीमा रिहा हुनेहरूलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकिएको छ।  दुर्गा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ पुर्पक्षका लागि थुनामा गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणी यातायात कार्यालयमा ट्रायल प्रमुख र वरिष्ठ सईको संलग्नतामा व्यापक अनियमितता

नारायणी यातायात व्यवस्था कार्यालय, वीरगञ्जमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा खुलेआम असुली र मिलेमतो भइरहेको तथ्य उजागर भएको छ। ट्रायल प्रमुख रामसुन्दर महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ सई गुणानिधी खकुरेलको मिलोमतोमा यातायात कार्यालयमा भ्रष्टाचार र अनियमितता भइरहेको खुलेको हो। सेवाग्राहीहरूले सो कार्यालयमा व्यापक अनियमितता हुने गरेको भन्दै गुनासो गर्ने गरेका छन्।  गत चैतमा ट्रायल प्रमुखको जिम्मेवारी पाएका शेखर साहलाई महिना दिन पनि नपुग्दै हटाएर अनियमितता गर्ने योजनाका साथ महतोलाई प्रमुखको जिम्मेवारी दिइएको थियो। महतोलाई सेवाग्राहीहरूसँग पैसा उठाएर ठुलो मात्रामा रकम प्रदेशका मन्त्रीहरू समक्ष समेत पुर्‍याउने गरेको आरोप लाग्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

एमसीसी अघि बढ्ने संकेत

यो परियोजनामा छनोट भएको लगभग १२ वर्षपछिमात्रै नेपालमा एमसिसीको परियोजना अघि बढेको थियो। अनेक राजनीतिक विवादका बीच २०७८ फागुन १५ गते संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो। यो लगभग ९२ अर्ब बराबरको अनुदान परियोजना हो। सुरुमा ६० अर्ब प्रस्ताव गरिएको थियो। तर विदेशी मुद्रामा आएका परिवर्तनसँगै लागत बढेर ९२ अर्ब पुगेको हो। यसमा नेपाल सरकारले लगभग २६ अर्ब खर्च गर्ने भनिएको थियो।  पाँच वर्षका लागि भनिएको यो परियोजनामा नेपालमा अन्तरदेशीय विद्युत प्रशारण लाइन र केही सडकहरूको विस्तार र मर्मत गर्ने भनिएको थियो। ट्रम्प प्रशासनको निर्णयसँगै नेपालमा पनि यो परियोजना अब सुरु हुन्छ कि हुँदैन भन्ने अन्योल छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी चार प्रदेशमा हुनेछ धेरै वर्षा

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अनावश्यक रूपमा जनसवाल दैनिकको बदनाम गर्न खोजियो– सम्पादक बगाले

'जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ। किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपी रहने गरेको छ। उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन, 'अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं