सरकारले बालबालिकामाथि थाेरै लगानी गर्याे– सांसद राना
उनले भने, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि विनासर्त अनुमोदन गरेका छौँ। ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात अवस्था सबैसामु जगजायछ छ। तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानिय शाषनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ हालसम्म २६ स्थानीय तह र करिब १ सय वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ। सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिवद्धता पुरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्युन छ।’
बिएल संवाददाता - काठमाडाैं