सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप दुई वर्ष कैद सजाय सुनाएको छ।
पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको कसूरमा विकल कारागार चलान भइसकेका छन्।
न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनलाई गैरकानुनी लाभविरुद्धको मुद्दामा डेढ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरेको छ।
त्यस्तै पदीय हैसियतको दुरुपयोग गरेको कसूरमा थप छ महिना कैद सजाय तोकिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गुरुयोजनाविपरीत सामान खरिद गरेर उनीहरूले सरकारलाई ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँको हानिनोक्सानी गरेको अदालतको ठहर छ।
बिएल संवाददाता
- काठमाडौं