कृष्ण किशोर
राष्ट्रिय स्वतन्त्र पार्टीको करिब दुई तिहाईको सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट जेठ १५ गते प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरेको छ। नेपाल सरकारका अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आव ०८३/०८४ राजश्व तथा व्ययको अनुमान प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गरिसकेका छन्। सरकारले आर्थिक वर्ष ०८३/८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट विनियोजन छ।
नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णालीले नेपालको करिब १८.९७ प्रतिशत क्षेत्रफल ओगटेको छ। नेपालको ठूलो जिल्ला, ठूलो ताल, ठूलो स्थानीय तह, सबैभन्दा गहिरो ताल, कैलाश मानवसरोवरको गेट–वे भएको प्रदेश कर्णाली प्रदेश हो।
बजेटले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला–गमगडी (२३५ सुर्खेत जुम्ला र जुम्ला गमगडी ९३ किलोमिटर गरि कुल ३२८ किलोमिटर) सडक स्तरोन्नतीको लागि केवल १ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ। कर्णाली राजमार्ग जुम्ला, डोल्पा, मुगु, कालिकोट हुम्ला र सुदूरपश्चिममा केही जिल्लालाई कर्णाली प्रदेशको राजधानी सुर्खेत र लुम्बिनी प्रदेशको बाँके बर्दियासँग जोड्ने तथा साविकका कर्णालीको लाइफलाइनको रुपमा रहेको राजमार्ग हो।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ फागुन २१ गते भएको चुनावभन्दा पहिले ‘कर्नालीका सुइना अब हाम्मा सुइना’ भन्नुभएको थियो के साविक कर्णालीको लाइफलाइनको रुपमा रहेको सडकको स्तरोन्नतीको लागि विनियोजन भएको बजेटले कर्णालीका आम बासिन्दाले प्रदेश राजधानी तथा संघीय राजधानीमा २४ सै घण्टा १२ महिना नै सहजै यात्रा गर्ने सुइना पूरा होलान र?
सरकाले भेरी करिडोर स्तरोन्नती, चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन, नलगाड जलविदुत आयोजना र वेतन कर्णाली जलविदुत योजना अगाडि वढाउने,भेरि बई ड्राइभर्सन आयोजना हेडवर्क निर्माण, सुर्खेतमा इन्डोर मल्टिपर्पोज स्टेडियम, टेलिमेडिसिन, हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन, कार्क्रेबिहार र रारा जोड्ने पर्यटकीय करिडोर, सुर्खेत विमानस्थल विस्तार, दैलेखको पेट्रोलियम खानीको व्यवसायिक उत्पादन प्रकृया अघि बढाइने, कर्णाली करिडोरको ३१ किलोमिटर कालोपत्रे गर्ने, जाजरकोटको मुल्सामदेखि जुम्लाको टोल्पासम्म सुरूङमार्गको सम्भाव्यता अध्ययन, कर्णाली करिडोरमा राष्ट्रिय प्रसारण लाईन जडान, रुकुम र जाजरकोटका भुकम्पबाट क्षतिग्रस्त सरकारी संरचना निर्माण, एयर एम्बुलेन्स, कर्णालीमा जटिबुटी प्रशोधन केन्द्रलगायत ताल्चा विमानस्थल विस्तार गरिने गरि बजेट विनियोजन गरेको छ।
‘कर्णाली शिव भगवानको पाउँ, कैलाशको पाउँ देशकै ठूलो प्रदेश तथा नेपालकै ठूलो जिल्ला भएको डोल्पा र देशकै गहिरो ताल शे–फोक्सुन्डो ताल डोल्पा जुन गहिराई कुनै पार्टी, सरकार र यो देशले बुझ्न सकेन र त्यो गहिराईलाई बुझ्न चाहन्छौं र त्यो बुझ्ने पार्टी हो’ भनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले चुनावभन्दा पहिले सुर्खेतको आमसभामा भनेका थिए तर बजेट विनियोजन हुँदा देशकै ठूलो जिल्ला र देशकै गहिरो ताल भएको जिल्ला समग्रमा कर्णाली उपेक्षामा परेको छ।
‘कर्णालीको मार्सी चामल र स्याउ चितवन र झापामा पुग्न सक्दैन। कर्णालीको उत्पादनलाई देशभरी पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी’ भनि सुर्खेतमा प्रधानमन्त्रीले भन्नु भएको थियो तर बजेटमा कर्णालीको मार्सी र स्याउलाई देशभरी पुर्याउनको लागि कुनै पनि निर्दिष्ट व्यवस्था गरिएन।
‘सिंजा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली र खस भाषाको उद्गम स्थल, आफ्नै भाषा, आफ्नै लिपी, आफ्नै नाचगान र आफ्नै जात्रा छ। यी सबै भए भने सभ्यता मानिन्छ, त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हो कर्णालीको सभ्यतालाई जोगाएर राख्न चाहन्छौं त्यो जोगाएर राख्ने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी’ भनि सुर्खेतमा प्रधानमन्त्री बालेन्द्र शाहले उदघोष गर्नु भएको थियो। आज आफ्नै दुई तिहाईको सरकार हुँदा र आफ्नै सरकारले बजेट निर्माण गर्दा पनि सिंजा सभ्यता जोगाउन र कर्णालीको सभ्यता जोगाउन र संरक्षण संवर्द्धन गर्न बजेटमार्फत कुनै पनि पहलकदमी गरिएन।
‘कर्णालीको पिडा, गरिब, दुःखलाई बेच्ने नेता धेरै आय बुझ्ने नेता आएका छैनन् त्यो बुझ्ने नेता बन्न चाहन्छन् राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू। पर्यटन, सम्भावना कृषि खेतिपाती आयआर्जन सबै वृद्धि गर्न पाउँ तपाईंहरूको आशीर्वाद लिन पाउँ। अब कर्नालीका सुइना हाम्मा सुइना भन्या जस्तै तपाईंहरूका त्यो सपना बोकेर जान पाउँ त्यो सपना बोकेर जाने सुरुवात वाचापत्रबाट गरेका छौं।
अब उप्रान्त तपाईंका सपना हाम्रा सपना हुनेछन्’ भनि उल्लेख गरे पनि वास्तविकतामा कर्नालीका सुइना प्रधानमन्त्रीका सुइना हुन सकेनन्। स्वयम् आफैं प्राधनमन्त्री हुँदा पनि कर्णाली बुझ्न सकेनन् प्रधानमन्त्री बालेन्द्र शाहले।
आर्थिक वर्ष ०८३/०८४ को बजेट पुस्तकभित्र फेरि कर्णाली हराएको छ न त दीर्धकालीन रणनीति र महत्वका आयोजनाले स्थान पाए न त पुराना रणनीतिक आयोजनाहरूले आवश्यक बजेट पाए यसको उदाहरणको रुपमा जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडकलाई लिन सकिन्छ।
जुन सडकले जुम्ला–डोल्पालाई र मुगुलाई मनाङ मुस्ताङसँग जोड्दै संघीय राजधानीको दुरी र समयलाई कम गर्छ भनि अध्ययनमा उल्लेख छ। यो सडकको निर्माण भए पश्चात यो सडकले कर्णालीका जुम्ला, डोल्पा, मुगुमा गण्डकी प्रदेशको पोखरामा आएका पर्यटकलाई भर्जिन कर्णालीमा निम्तो दिने थियो।
विकासको पुर्वाधारको रुपमा रहेका सडक विकास र विस्तार गरि पर्यटकलाई भर्जिन कर्णालीमा निम्तो दिइ आर्थिक सम्वृद्धि हासिल गर्दै कर्णालीका हिमाललाई विश्वसामु चिनाएर कर्णालीको यार्साको उचित बजार बनाउने, कर्णालीका कञ्चन हिमालबाट मिनिरलवाटर निर्यात गर्ने कर्णालीका सुइना थिए तर कर्णालीका सुइना प्रधानमन्त्रीका सुइना हुन सकेनन्। केवल वाचापत्र र भाषणमा मात्र कर्नालीका सुइना हाम्मा सुइना भए।
अहिलेको बजेटले कर्णालीबासी के विषयमा ढुक्क छन् भनेः कर्णालीबासी भोकै मर्न ढुक्क छन्, कठिन राजमार्गमा उछिट्टिएर मर्न ढुक्क छन्, सिंहदरबार बदलियो, अनुहार फेरिए कर्णालीप्रतिको शासकहरूको मगन्ते सोच कहिले फेरिएन भनि ढुक्क छन्, अबको बजेटले क्रान्ति ल्याउने सुइना थिए राजमार्गमा खाल्डो नपुरिने स्तरोन्नतीको बजेटमै चित्त बुझाउन ढुक्क छन् कर्णालीबासी।
कर्नालीका सुइना के साँच्चै हाम्मा सुइना हुन्?
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया