सुरेन्द्र राना ‘घुमफिरे’
हरि बुढा मगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मिटर) सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेका छन्। यससँगै उनले विश्वका सातै महादेशका सबैभन्दा अग्ला हिमालहरू आरोहण गर्ने “कन्करिङ ड्रिम्स – सेभेन समिट्स” अभियान सफलतापूर्वक सम्पन्न गरेका छन्।
माउन्ट भिन्सन हरिको विश्वव्यापी पर्वतारोहण यात्राको अन्तिम शिखर हो। यो यात्रा उनको ऐतिहासिक माउन्ट एभरेस्ट आरोहण (मई २०२३)बाट सुरु भएको थियो, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो र साहसिक पर्वतारोहणमा अपाङ्गतासम्बन्धि स्थापित धारणा बदल्न महत्वपूर्ण भूमिका खेलेको थियो।
एभरेस्टपछि हरिले विभिन्न महादेशका सर्वोच्च हिमालहरू आरोहण गर्दै शारीरिक अपाङ्गता असम्भवका लागि बाधा होइन भन्ने सन्देश विश्वलाई दिए।
हरि बुढा मगरले आरोहण गरेका सेभेन समिट्समा माउन्ट एभरेस्ट, आकोंकागुवा, डेनाली, माउन्ट किलिमाञ्जारो, माउन्ट एल्ब्रुस, पुनचक जया (कार्स्टेन्ज पिरामिड) र अन्तिम शिखर माउन्ट भिन्सन समावेश छन्।
एभरेस्टपछि हरिले आफ्नो जीवन अपाङ्गता सचेतना फैलाउने अभियानमा समर्पित गर्दै कठिन अभियानहरू, सार्वजनिक भाषण, परोपकारी गतिविधि र अन्तर्राष्ट्रिय पैरवीमार्फत विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना सीमाहरू तोड्न र सपना पछ्याउन प्रेरित गरिरहेका छन्।
हरि क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट प्रस्थान गरी पृथ्वीका सबैभन्दा दुर्गम र कठोर स्थानहरूमध्ये एक अन्टार्कटिकातर्फ लागेका थिए। वर्षौंको तयारीपछि भएको तीन दिनको कठोर आरोहणका क्रममा उनले आफ्नो टोली– अविरल राई, मिङ्मा शेर्पा तथा अल्पाइन एसेन्ट्सका अभियान नेता जाङ्बु शेर्पासँग मिलेर -२५ डिग्री सेल्सियस तापक्रम, तीव्र अन्टार्कटिक हावा, ठाडा हिमाली भिरालो र विशाल जमेको हिमक्षेत्रको सामना गरे।
कठोर परिस्थितिले मन, शरीर र कृत्रिम खुट्टाको चरम परीक्षा लिँदै गर्दा पनि टोलीले ६ जनवरी २०२६ को राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेर एक ऐतिहासिक विश्वव्यापी पर्वतारोहण अभियान सम्पन्न गरिएको सामाजिक अभियान्ता जिवन रोका मगरले जानकारी गराएका छन।
हरि बुढा मगरको यो उपलब्धि पर्वतारोहण मात्र नभई अपाङ्गता अधिकार र प्रेरणाको क्षेत्रमा पनि ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। उनले विश्वलाई एक स्पष्ट सन्देश दिएका छन्— सपना, समर्पण र धैर्य भए असम्भव भन्ने केही हुँदैन।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया