तेजन खड्का
नायिका तथा राजनीतिमा संलग्न रेखा थापाले सार्वजनिक रूपमा उठाएको प्रश्नले चुनावी राजनीतिमा चर्चा चुलिएको छ। उनले विभिन्न राजनीतिक दललाई लक्षित गर्दै जेन–जी पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने घोषणापत्र छ कि छैन? भन्ने प्रश्न गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको उक्त प्रश्नलाई आगामी चुनावमा निर्णायक बन्दै गएको युवा मतदातासँग जोडेर हेरिएको छ। पछिल्ला वर्षहरूमा रोजगारी, शिक्षा, प्रविधि, सुशासन र जलवायु परिवर्तनजस्ता विषयमा जेन–जी पुस्ताको चासो बढ्दै गएको सन्दर्भमा दलहरूको तयारी कति छ भन्ने प्रश्न उठ्न थालेको छ।
यसैबीच, जेन–जी केन्द्रीत घोषणापत्र र नीतिगत दृष्टिकोणबारे खुला डिबेटका लागि प्रमुख दलका नेताहरूलाई आमन्त्रण गरिएमा सबै सहभागी नहुन सक्ने अड्कल पनि गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार युवाका मुद्दामा स्पष्ट योजना नभएका केही दलका नेताहरू सार्वजनिक बहसबाट टाढा रहने सम्भावना रहन्छ।
विशेषगरी डिजिटल अर्थतन्त्र, रोजगारी सिर्जना, पारदर्शिता र उत्तरदायित्वका विषयमा ठोस प्रतिबद्धता प्रस्तुत गर्न कठिनाइ हुने दलहरू डिबेटमा सहभागी नहुने सम्भावना रहेको बताईन्छ।
यद्यपि, युवामैत्री नीति र पुस्तागत परिवर्तनको एजेन्डा अघि सार्दै आएका केही दल र नेताहरू भने यस्तो डिबेटलाई अवसरका रूपमा लिने देखिन्छ।
रेखा थापाको प्रश्नले दलहरूका चुनावी घोषणापत्र व्यवहारिक छन् कि मात्र औपचारिक दस्तावेज भन्ने बहसलाई सतहमा ल्याएको बताईन्छ।
आगामी दिनमा दलहरूले जेन–जीका मुद्दामा कस्तो स्पष्टता र प्रतिबद्धता प्रस्तुत गर्छन् भन्नेमा राजनीतिक चासो बढ्दै गएको छ।
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
प्रतिक्रिया