तेजन खड्का
नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण प्रस्तुत गरेको छ। पार्टीको झापा– ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटिएको छ।
केपी ओलीलाई नै भोट किन? भन्ने शिर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ।
‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ’ अपिलमा भनिएको छ ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ।’
एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ। ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ।
निर्माणाधिन एशियन हाइ वे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आहवान गरिएको छ।
यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक–रवि सडक, –चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ।
‘नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ’ अपिलमा भनिएको छ ‘दमक,गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि ओललाई मतदान गर्नुपर्दछ।’
भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ। एमालेका केन्द्रीय सदस्य दिपक कार्कीका अनुसार रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्धन कार्य पुरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो।
यसैगरी दमक, गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताए।
‘केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन्’ कार्कीले भने ‘उहाँले गरेका विकास निर्माणका काम,उहाँले प्रत्यक्ष रुपमा चिनेका मतदाता, भूमिगतकालमा बसेका सेल्टरदाताहरूसँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ।’
कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीको बारेमा स्मरण गराउनका लागि अपिल जारी गरिएको हो।
‘अपिलमा मुख्य मुख्य विषयहरू समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा पनि प्रयोग भएको छ’ कार्कीले भने ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सय वटा बाडिन्छन्।’
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया