कृष्ण किशोर
तत्कालिन माओवादी केन्द्रकी पूर्वसांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेता छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकोले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन्।
पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको दाबी गरेकी उनले आत्मसम्मान, स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने निष्कर्षमा आफू पुगेको बताएकी छन्।
पार्टी छोड्दै उनले भनेकी छन्, ‘आजदेखि म स्वतन्त्र छु आफ्नो विचार, आफ्नो आत्मसम्मान र स्वतन्त्रताको साससँग।’
नेकपा छोडेलगत्तै छिरिङ ल्हामु तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्न लागेको चर्चा सुरु भएको छ। रास्वपा जुम्लाका एक पदाधिकारीका अनुसार ल्हामु रास्वपा प्रवेश गर्नेबारे यसअघि नै छलफल भइसकेको थियो।
रास्वपा जुम्लाका एक नेताले भने, ‘छलफल भएको हो तर, प्रवेश नै गरिहाल्ने तहसम्म छलफल भएको छैन। औपचारिक वा अनौपचारिक रुपमा विभिन्न दलका नेताहरूसँग कुराकानी भइरहेकै हुन्छन् नि। अब अहिले सबै पुराना पार्टीका तेस्रो तह पछाडिका नेताहरूको रोजाइ नै रास्वपा बनिरहेको अवस्थामा यस्तो चर्चा हुनु नौलो होइन।’
केही महिनादेखि पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएकी उनी रास्वपामा पनि खासगरी बालेन समूहसँग निकट रहेको बताइन्छ। रास्वपा प्रवेश गर्ने तय गरेरै उनले पार्टी परित्याग गरेको नेकपा जुम्लाका नेताहरूको दाबी छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया