बिएल संवाददाता
सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग कनेक्सन देखिएका व्यक्तिहरूको निवासमा छापा मारेको छ।
बुधबार दिउँसो विभागको टोलीले एकै पटक उनीहरूको घरमा छापा हानेको हो। त्यसलगत्तै विभागको टोली चोलेन्द्रको निवासमा छापा हान्न पुगेको थियो।
विभाग स्रोतका अनुसार नवराज थपलिया, दिपक तिमिल्सिना,नवीनराज बस्नेत, नारायण दाहाल लगायतको घरमा विभागले छापा मारेको छ।
थपलिया उच्च अदालतका पूर्व न्यायाधीश हुन्। चोलेन्द्रले आफू प्रधानन्यायाधीश भएका बेला थपलियालाई उच्चको न्यायाधीश बनाएका थिए। उनी २ वर्षअघि नै न्यायपरिषद्बाट बर्खास्तीमा परेका न्यायाधीश हुन्। चोलेन्द्रसँग मिलेर सेटिङमा मुद्धा मिलाउने काम गरेको भन्दै उजुरी परेपछि उनीमाथि परिषद्ले छानबिन गरेको थियो।
तिमिल्सिना भने सर्वोच्च अदालतमा काम गर्थे। स्रोतका अनुसार राणाको विभिन्न बिचौलियाहरूसँग सम्पर्क देखिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोलेन्द्रलाई गत साता पक्राउ गरेको थियो। तर, चौतर्फी आलोचना भएपछि प्रहरीले सुरक्षा थ्रेट भएको भन्दै प्रहरी कार्यालयमा ल्याएर सुरक्षा दिइएको बताएको थियो।
तर, सो क्रममा प्रहरीले उनको बयानसँगै मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरेको खुलेको छ।
प्रहरीले चोलेन्द्र निकट इनाम सापकोटा भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सापकोटाको मोबाइलमा सशस्त्रका निलम्बित एआईजी वंशीराज दाहालले गोप्य सरकारी र सुरक्षासँग सम्बन्धित सूचनाहरू पठाउने गरेको खुलेको छ। सापकोटामार्फत ती सूचनाहरू चोलेन्द्रसँग पुग्ने गरेको प्रहरी स्रोतले बतायो।
एआईजीलाई दाहाललाई समेत निलम्बनमा राखेर अनुसन्धान थालिएको छ। उनी चोलेन्द्रका नातेदार हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया