आइतबार, ०१ नोभेम्बर २०२६

पोखराविरुद्ध जनकपुर ९ रनले विजयी

News Image
• • •

कीर्तिपुरमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ।

याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित जनकपुर दाेस्राे स्थानमा समेत उक्लिएकाे छ। लगातार दाेस्राे खेल हारेकाे पाेखरा भने पुछारमा छ।

जनकपुरले दिएकाे १४८ रनको लक्ष्य पछ्याएकाे पाेखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे।

पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए।

बलिङमा जनकपुरका माेइन अलीले ३, कप्तान हर्मित सिंह र सैफ हसनले २/२ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७  विकेटको क्षतिमा १४७ रन बनाएको थियो।

जनकपुरका लागि तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको याेगदान गरे। तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन्। यस्तै अभिषेश तिवारीले २४ , माेइन अलीले २१ रन बनाए। पाेखराका सकिब अल हसनले ३, चमिका करूणारत्नेले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भाेलि दुई खेल हुनेछन्। पहिलाे खेलमा मध्यान्ह १२ बजे काठमाडौं गाेर्खाज र कर्णाली याक्स भिड्दा दाेस्राे खेलमा साँझ ५ बजे सुदूरपश्चिम राेयल्स र चितवन राइनाेज आमनेसामने हुनेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!