बुधबार, ०४ नोभेम्बर २०२६

आईजीपीको जिमेवारी खोसिएपछि सर्वोच्च जाँदै कार्की

News Image
• • •

आईजीपीको जिम्मेवारी खोसिएका दानबहादुर कार्की सर्वोच्च जाने तयारीमा जुटेका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

सरकारले एआईजीपी डा. मनोजकुमार केसीलाई आईजीपीको जिम्मेवारी दिएको छ।

कार्यकारी जिम्मेवारी खोसिएपछि आईजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्। उनले कानुनविदहरूसँग परामर्श थालेका छन्।

पदमुक्त भएलगत्तै कार्कीले अधिवक्ता स्वागत नेपालसँग अदालतमा जानेबारे परामर्श गरेका छन्।

रिटका लागि यसअघिका नजिरको विस्तृत अध्ययन भइरहेको कार्कीको सचिवालयले जनाएको छ। सम्भवतः आजै सर्वोच्चमा रिट दर्ताको प्रयास भइरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!