बिहिबार, १९ नोभेम्बर २०२६

पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेपछि सम्पर्कविहिन पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

News Image
फाइल तस्बिर
• • •

सीआईबीको सम्पर्कमा नआएपछि पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउपुर्जी जारीपूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

बुधबार प्रहरीले काठमाडौं, ललितपुर र सर्लाहीबाट एकैपटक २ पूर्वमन्त्रीसहित ७ जनालाई पक्राउ गरेपछि अर्याल फरार भएको सीआईबी स्रोतले बतायो। 

प्रहरीको सम्पर्कमा नआएपछि उनीविरुद्ध पक्राउपूर्जी जारी गरिएको हो। अर्याल सीमा काटेर भारत भागेको हुनसक्ने सीआईबीको अनुमान छ।

सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो।

अदालतले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

त्यस्तै प्रहरीले सोही प्रकरणमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारीलाई पक्राउ गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!