बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।
सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो भ्रमणका क्रममा प्राप्त आतिथ्यप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन्।
प्रधानमन्त्री शाहले नेपालका सम्पूर्ण नेपाली जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिए। उनले भारतीय नागरिकलाई पनि नेपालको धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूको भ्रमण गर्न आग्रह गरे।
उनले भने, ‘यस महत्वपूर्ण अवसरमा नेपालका सम्पूर्ण जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछु। साथै, मित्रराष्ट्र भारतका जनतालाई पनि नेपालको भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु। हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर मैदानमा रहेको माता जानकीको पवित्र भूमि, जीवित देवी कुमारी र शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हुन्।’
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया