बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन्।
बुढीगङ्गा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवन र अभिभावक दिवसको आज उद्घाटन गर्दै उनले मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण, सशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयतालाई चुस्तदुरुस्त बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
नेता डा कोइरालाले चालु आर्थिक वर्षको छ महिनामा विकास खर्च १० देखि ११ प्रतिशतसम्म मात्र भएकामा चिन्ता व्यक्त गर्दै यसमा आवश्यक सुधार गर्न सरकार गम्भीर हुनुपर्ने विचार राखे। उनले युवाहरुको विदेश पलायन हुने कार्य अन्त्यका लागि राज्यले निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन गर्न आवश्यक नीति नियममा संशोधन गर्नुपर्ने सुझाव दिए।
कोइरालाले विद्यालयलाई कक्षा १० सम्म सञ्चालन गर्नका साथै विद्यार्थीलाई स्वआर्जनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल जेसिजका पूर्व गर्भनर राजन खत्री लगायतले दलित तथा आदिवासी जनजातीको बसोबास रहेको यस क्षेत्रमा विद्यालय स्थापनाले गाउँ, समाज र पालिकाको शैक्षिक सुधार एवं विकासमा सहयोग पुगेको विचार राखे।
विद्यालयका प्रधानाध्यापक राममाया थापा मगरले विद्यालयको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कक्षा ८ सम्म अध्ययन हुने उक्त विद्यालयमा एक सय ८१ छात्रासहित तीन सय ५५ विद्यार्थीमध्ये ८२ प्रतिशत दलित र ११ प्रतिशत आदिवासी जनजातिका रहेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया