बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावमाथि छलफल भएको छ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो।
खासगरी पार्टीका एक सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको जनाइएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया