बिएल संवाददाता
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलसँगै यात्रा गरेको विषयमा स्पष्टीकरण दिएका छन्।
थापा र रावल एउटै प्लेनमा एकै रोको सिटमा धनगढी पुगेको तस्विर सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका हुन्।
थापाले भाेलिदेखि बाजुरामा हुने एमालेको पालिका अधिवेशनकाे लागि काठमाडौंबाट श्रीएयरकाे जहाजबाट धनगढी आउने क्रममा विमानस्थलकाे अतिथी कक्षमा रावलसँग भेट भएको र संयोगले सिट पनि सँगै परेको बताएका छन्।
थापाले भनेका छन्, ‘डा. भीम रावल र मेराे आजकाे यात्रा संयाेग मात्रै हाे। यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ। हामी हिजाे एउटै पार्टीमा रहेर लामाे सहयात्रामा रह्यौं। अब हामी आफ्नो-आफ्नो बाटाेमा हिडेका छाैं। काेही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु।’
नेकपा विभाजनको समयमा भीम रावलविरुद्ध वयानबाजीमा उत्रिएका थापा पछिल्लो समय भने रावललाई कारवाही गर्नु नहुने पक्षमा उभिएका थिए। तस्विरमा दुवैजना हर्षित मुद्रामा देखिएका छन्।
थापा रावलपछि सुदूरपश्चिममा एमालेका प्रभावशाली नेता मानिन्छन्। दुवैजना सँगै पश्चिम जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया