बिएल संवाददाता
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।
शनिबार बसेको पार्टीको कैलाली जिल्ला सचिवालय बैठकले पूर्व सामाजिक विकासमन्त्री कृष्णराज र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरी निष्कासन गर्न सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।
उनीहरूमाथि पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको आलोचना गरेको, संगठनलाई कमजोर बनाउने काममा सक्रिय रहेको र भीम रावलको अभियानमा लागेको आरोप लगाइएको छ।
एमाले कैलालीका एक पदाधिकारीले उनीहरूलाई एमालेबाट निष्कासन गरिएका भीम रावलको मातृभूमी जागरण अभियानमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए। दुवैजना नातामा बाबूछोरा हुन्।
एमाले स्रोतका अनुसार एमाले कैलाकीका दुई दर्जन बढी नेताहरूलाई कारबाहीका लागि निगरानीमा राखिएको छ।
पार्टीबाट निष्कासनको खबर पाएपछि सुवेदीले केपी ओली र शंकर पोखरेल पार्टीभित्र निरंकुश बन्दै गएको आरोप लगाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया