बिएल संवाददाता
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।
शनिबार बसेको पार्टीको कैलाली जिल्ला सचिवालय बैठकले पूर्व सामाजिक विकासमन्त्री कृष्णराज र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरी निष्कासन गर्न सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।
उनीहरूमाथि पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको आलोचना गरेको, संगठनलाई कमजोर बनाउने काममा सक्रिय रहेको र भीम रावलको अभियानमा लागेको आरोप लगाइएको छ।
एमाले कैलालीका एक पदाधिकारीले उनीहरूलाई एमालेबाट निष्कासन गरिएका भीम रावलको मातृभूमी जागरण अभियानमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए। दुवैजना नातामा बाबूछोरा हुन्।
एमाले स्रोतका अनुसार एमाले कैलाकीका दुई दर्जन बढी नेताहरूलाई कारबाहीका लागि निगरानीमा राखिएको छ।
पार्टीबाट निष्कासनको खबर पाएपछि सुवेदीले केपी ओली र शंकर पोखरेल पार्टीभित्र निरंकुश बन्दै गएको आरोप लगाएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया