सोमबार, १९ जनवरी २०२६

अन्ततः एमालेमा फर्किँदै वामदेव

News Image
फाइल तस्विर
• • •

पूर्व एमाले नेता वामदेव गौतम अन्ततः एमालेमै फर्किने पक्का भएको छ।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने जानकारी गराएको बालुवाटार स्रोतले बतायो।

एमालेका एक नेताका अनुसार बामदेवले एकता अभियानको समूह नै एमालेमा आउने र असन्तुष्ट केही पक्षहरू माओवादी केन्द्रमा जानसक्ने बताएका छन्।

प्रधानमन्त्री ओलीकै निमन्त्रणामा उनी बालुवाटार गएका थिए। ओलीले पार्टी प्रवेशको मिति, समय र स्थानबारे छिट्टै जानकारी गराउने आश्वासन दिएका छन्।

यसअघि उनी माधव नेपालको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!