बिएल संवाददाता
राजर्षि जनक विश्वविद्यालय केन्द्रीय क्याम्पस जनकपुरधामका विद्यार्थीहरूले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन्।
-(1).jpg)
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजन गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरे पनि अन्तिम समयमा हटाएको भन्दै आइतबार जनकपुरधामको रामानन्द चोकमा विद्यार्थीहरूले पूर्वप्रधानमन्त्री देउवा र कांग्रेस नेता बिमलेन्द्र निधिको पुत्ला दहन गरेका हुन्।
.jpg)
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरूले नेविसंघविरुद्ध नारावाजी गर्दै नेता देउवा र निधिको पुत्ला दहन गरेका छन्।
आयोजकले सुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाए पनि अन्तिम समयमा नाम हटाएपछि विद्यार्थीहरू आन्दोलित भएको विद्यार्थी नेता श्याम साहले बताए।
.jpg)
शनिबार बिहानसम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहे पनि अन्तिम समयमा नाम हटाएको आरोप उनीहरूले लगाएका छन्। नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्रीसमेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिकाबाट नाम हटाएपछि नेविसंघविरुद्ध आन्दोलन गर्नुपरेको विद्यार्थी नेता साहले बताए।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु हुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया