बिएल संवाददाता
नेपाली कांग्रेसका जनप्रतिनिधिले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन्।
सोमबारको नगरसभा एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि असन्तुष्ट कांग्रेस जनप्रतिनिधिहरूले मेयर, उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन्।
विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा एमालेले बहिष्कार गरेको थियो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए। एकछिनको रस्साकस्सीपछि एमाले जनप्रतिनिधतिहरू नगरसभा बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए।
एमालेले सभा बहिष्कार गरे पनि सत्ता गठबन्धनकै अर्को दल कांग्रेसका जनप्रतिनिधिहरूले भने सभामा बहुमत रहेको भन्दै बैठक चलाउन दवाब दिएका थिए। यद्यपि मेयर धनराज आचार्यले नगरसभा स्थगित गरेका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया