बिएल संवाददाता
मंगलबार नेकपा एमाले प्रवेशको तयारी गरेका वामदेव गौतमको नेकपा एकता अभियानका चार उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)सँग वार्ताका लागि जुटेका छन्।
चार उपाध्यक्षसहित बहुमत केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले वामदेवको अभियान त्यागेको घोषणा गरेका हुन्।
वामदेवको अभियान त्याग्ने उपाध्यक्षहरूमा अर्यालसहित, उपाध्यक्ष एवं कर्णाली इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवं कोशी इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज हरि काफ्ले छन्।
वामदेव गौतम ढुलमुले चरित्रका व्यक्ति रहेको भन्दै निःशर्त एमाले प्रवेश गर्नुभन्दा एमालेभन्दा अग्रगामी शक्ति माओवादीसँग एकता गर्नु उपयुक्त हुने उनीहरूको निष्कर्ष छ।
माओवादीसँग वार्ताका लागि उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया