बिएल संवाददाता
मंगलबार नेकपा एमाले प्रवेशको तयारी गरेका वामदेव गौतमको नेकपा एकता अभियानका चार उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)सँग वार्ताका लागि जुटेका छन्।
चार उपाध्यक्षसहित बहुमत केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले वामदेवको अभियान त्यागेको घोषणा गरेका हुन्।
वामदेवको अभियान त्याग्ने उपाध्यक्षहरूमा अर्यालसहित, उपाध्यक्ष एवं कर्णाली इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवं कोशी इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज हरि काफ्ले छन्।
वामदेव गौतम ढुलमुले चरित्रका व्यक्ति रहेको भन्दै निःशर्त एमाले प्रवेश गर्नुभन्दा एमालेभन्दा अग्रगामी शक्ति माओवादीसँग एकता गर्नु उपयुक्त हुने उनीहरूको निष्कर्ष छ।
माओवादीसँग वार्ताका लागि उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया