बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई भेट्न अस्वीकार गरेका छन्।
धरानको खानेपानी समस्यालाई लिएर मंगलबार प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट्न समय नदिएका हुन्।
खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका साम्पाङलाई प्रधानमन्त्रीको कार्यालयले एक घण्टा कुराएर फर्काइदिएको हो।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री व्यस्त रहेकाले ५ बजेपछि मात्र भेट्न मिल्ने बताएपछि साम्पाङ फन्किँदै हिँडेका थिए। उनी भन्छन्, ‘मेयर हो र जतिबेला भन्यो भेट्नलाई? प्रधानमन्त्रीको निर्धारित कार्यतालिका मिलाउनुपर्छ।’
सचिवालय स्रोतका अनुसार रित्तो गाग्री बोकेर अराजक गतिविधि गरेका साम्पाङसँग प्रधानमन्त्री रुष्ट बनेका छन्। थोत्रो गाग्री बोकेर सिंहदरबार छिर्न लागेका साम्पाङलाई प्रहरीले गेटमा रोकेर गाग्री खोसेको थियो।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया