बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा आधा दर्जन नेताले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिकाअनुसार शीर्ष ६ नेताले आ-आफ्नै गुटका ६ उम्मेदवार अघि सारेका छन्। त्यस्तै एकताबाट आएको समूहले पनि आफ्नो उम्मेद्वार अघि सारेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरेका थिए। तर, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा समूहले नमानेपछि अन्त्यमा निर्वाचनमै प्रतिष्पर्धा हुने भएको हो।
अन्य गुटका भन्दा उम्मेदवारभन्दा खासमा वर्षमान र जनार्दन समूहबीच कडा टक्कर हुनेछ।
अध्यक्षको उम्मेद्वारी दिनेमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गुटबाट उपदेशकुमार यादव, उपमहासचिव पुन गुटबाट सुदिन पौडेल र शर्मा गुटबाट हेमन्त राई छन्।
त्यस्तै उपमहासचिव शक्तिबहादुर बस्नेत गुटबाट विजय शर्मा, उपाध्यक्ष पम्फा भुसाल गुटबाट विश्वमणि थापा, उपाध्यक्ष कृष्णबहादुर महरा गुटबाट योगेन्द्र बुढाले उम्मेद्वारी दिएका छन्। त्यस्तै एकता समुहबाट तिर्सना हमालले उम्मेद्वारी दर्ता गराएकी छन्।
अन्य गुटका भन्दा उपमहासचिवद्वय पुन र शर्मा गुटका उम्मेद्वारबीच नै मुख्य प्रतिष्पर्धा हुनेछ।
त्यस्तै महासचिवमा पनि समूह नै बनाएर उम्मेद्वारी दर्ता भएको छ। महासचिवमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बाँनिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतोले उम्मेद्वारी दर्ता गराएका छन्।
यता ९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया