बिएल संवाददाता
कैलाली
पूर्वउपप्रधानमन्त्री तथा गृह–रक्षामन्त्री डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’मा नेकपा एमालेका पूर्वमन्त्रीसहित ३ सय ५८ जना नेता–कार्यकर्ताहरूले पार्टी त्याग्दै समाहित भएको घोषण गरेका छन्।
सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदीसहित कैलालीको गोदावरी र गौरिगंगाका ३५८ जना एमाले नेता–कार्यकर्ताहरू ‘डा. रावलको देशभक्ति मार्ग’ रोजेको पत्रकार सम्मेलनमार्फत् जनाएका छन्।
त्यसो त एमालेको कारबाहीमा परेका धेरैजसो एमाले नेता-कार्यकर्ताहरू मातृभूमि जागरण अभियानमा थपिने क्रम जारी नै छ।
हप्ता दिनअघि एमाले कैलालीले पार्टीबाट निकालेका पूर्वमन्त्री सुवेदीसहित जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलगायत ३ सय ५८ जनाले एमाले छाडेर नेता रावलको अभियानमा जोडिएको जानकारी दिएका छन्।
रावलनिकट स्रोतकाअनुसार उक्त अभियानमा कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २ सय ५० भन्दा बढी एमाले संगठित सदस्य रहेको बताइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया