बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले गठबन्धनबाट भाग पाएकाे ६ वटै सिटमा उम्मेदवार टुंगो लगाएको हो।
बैठकमा सहभागी एक नेताका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डाकीबाट मनरुपा शर्माकाे नाम टुंगाे लगाएकाे छ।
यसैगरी लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दकाे नाम टुंगिएकाे छ।
केहीबेरमा गठबन्धनको बैठक बसेर यसलादुई अन्तिम रुप दिने उनले बताए।
आइतबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जनता समाजवादी पार्टी (जसपा)ले लिने सहमति भएकाे थियाे। साेही अनुसार माओवादीले उम्मेदवारकाे नाम टुंग्याएकाे हाे।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय भएको छ।
मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया