बिएल संवाददाता
डा. दिपेन्द्र रोकायाले टिकट नपाएपछि टिकट हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले टिकट वितरणमा नेताहरु हावी भएको भन्दै मतदान नगर्ने निर्णय गरेको हो।
हुम्लामा राष्ट्रियसभा सदस्य चुनावका लागि माओवादीबाट कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार, जुम्कित लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह मतदाता छन्।
माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन्।
माओवादीबाट हुम्लाका जिल्ला समन्वय समिति संयोजक डा. दिपेन्द्र रोकाया राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस भएका थिए। तर माओवादी पदाधिकारी बैठकले कर्णालीका लागि कालीकोटका विष्णु विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कर्णालीमा पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा परेका कारण यस पटक पार्टीको तर्फबाट राष्ट्रियसभाको टिकट हुम्लाले नपाए मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको एक जनप्रतिनिधिहरुले बताएका छन्।
'हुम्ला आफैँमा माओवादीको आधार इलाका हो। तर राजकीय होस् या पार्टीको सांगठनिक जिम्मेवारी जहिल्यै विभेदमा पर्दै आएको छ। यो पटक पनि हुम्लालाई विभेद गरिएको छ। हुम्लाले टिकट नपाए सांगठनिक कामलाई समेत बहिस्कार गर्ने निचोडमा हामी पुगेका छौँ,' उनीहरुको एक मत छ।
माओवादी उपमहासचिवहरु जनार्दन शर्माले रुकुमपश्चिम, शक्तिबहादुर बस्नेतले जाजरकोट र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै अवसर केन्द्रित गरेका कारण हुम्ला पेलिँदै आएको हुम्ला माओवादीको निष्कर्ष छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया