बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ।
आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन्।
यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया