बिएल संवाददाता
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले पार्टीकाे जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
प्रदेश सभामुखमा निर्वाचित भएपछि विष्टले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
उनले सभामुख रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग भएकाे उल्लेख गरेका छन्।
‘म झापा गौराहद-७ निवासी अम्बर व. विष्ट रा.प्र.पा. को स्थापना कालदेखि नै सदस्य भै हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रही रहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रुपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु, उनले भनेका छन्, ‘मिति २०८०/०९/२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदिय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदिय जिम्मेवारीबाट अलग रहेको व्यहोरा निवेदन गर्दछु।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया