बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनालाई निराश बनाउने छुट कसैलाई नभएको बताएका छन्।
माघी पर्वको अवसरमा सितल निवास दिवा भोजमा बोलाएर राष्ट्रपति पौडेलले नेताहरूकाे ध्यानाकर्षण गराएका हुन्।
देश–विदेशका सबैले नेपालको संविधान तल्लो तहका वर्गलाई समेत न्याय दिने गरी बनेको भनेर प्रशंसा गरेको भन्दै यस्तो उत्कृष्ट संविधान बनाएका जनतालाई निराश बनाउने छुट कसैलाई नहुने उनको भनाइ छ।
संविधानले जे परिकल्पना गरेको छ, सोहीअनुसार कानुन बनाएर अगाडि बढ्न नेताहरुलाई उनको आग्रह छ।
‘संविधानले जे परिकल्पना गरेको छ। त्यसलाई कार्यान्वयन गर्न कानुन बनाउन आवश्यक छ। अब संविधानको कार्यान्वयनमा जाऊँ’, उनले भने, ‘जनताले जे पाइने आशा गरेका छन्, त्यसलाई निराश नबनाऔँ।’
नेपाली जनता धेरै अगाडि बढिसकेको बताउँदै पौडेलले कसैलाई पनि पछाडि फर्किने छुट नरहेको बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया