
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन– २ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताएका छन्।
आज चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको आज स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे। उनले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो।
ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उनले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गरे। ‘देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन्। ठिमुरा पुल एउटा उदाहरण हो। यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन’, उनले भने। लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।
उनले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन। विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन्। हामी पानी चाहियो, सडक बन्नुपर्यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ’, उनले भने।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया