बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन– २ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताएका छन्।
आज चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको आज स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे। उनले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो।
ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उनले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गरे। ‘देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन्। ठिमुरा पुल एउटा उदाहरण हो। यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन’, उनले भने। लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।
उनले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन। विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन्। हामी पानी चाहियो, सडक बन्नुपर्यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ’, उनले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया