बिएल संवाददाता
पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताएकी छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज (आइतबार) आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताएकी हुन्।
‘विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र सम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहका छन्’, पूर्वमन्त्री भूसालले भने, ‘प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ।’ उनले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दशवर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गरे।
नेत्री भुसालले लेलिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गरेकाे स्मरण गर्दै शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राखेकाे बताइन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया