बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतमा आफूले मिडियामाथि गरेकाे व्यवहारप्रति माफी मागेका छन्।
सहकारीकाे रकम हिनामिनालगायत आराेपसहित समाचार प्रकाशन भएपछि साेमबार पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमार्फत् रविले आफूले विगतमा मिडियाप्रति गरेकाे व्यवहारप्रति माफी मागे।
उनले जिम्मेबार राजनीतिक दलमा भएपछि केही फरक ढंगले बाेल्नुपर्छ भन्ने कुराकाे महसुस भएकाे बताए।
‘केही अगाडि सञ्चार माध्यमप्रति केही खराे टिप्पणी भएकाे हुनाले अलिकति आलाेचना भएकाे छ, म त्यसलाई स्विकार्छु’, रविले भने, ‘जिम्मेबार राजनीतिक दलमा भइसकेपछि आफ्ना कुराहरू अलिकति राम्राे ढंगले राख्नुपर्छ भन्ने कुरा स्विकार्नुपर्छ र पछिल्लाे समय साथीहरूले पनि महसुस गर्नुभएकाे छ हाेला।’
उनले अगाडि भने, ‘अघिल्लाे प्रेस मिटहरूमा मैले केही साथीहरूलाई आवेशवश प्रसनल्ली अट्याक्ट पनि गरेकाे छु। त्यसकाे लागि क्षमा चाहन्छु। रमेश काेइरालाजस्ताे साथीलाई प्रसनल अट्यक्ट हुन गयाे, क्षमा गर्नुहाेला, धर्म भुसालज्यूलाई पनि प्रसनल अट्यक्ट हुन गयाे, सम्भव सिराेहियाजीलाई पनि प्रसनल अट्यक्ट हुन गयाे, म प्रसनल रूपमा नगएकाे भए हुन्थ्याे अब त्यस्ताे आज पनि हुँदैन र भविष्यमा पनि हुँदैन।’
उनले आफ्नाे लडाइँ बेथितिविरुद्ध भएकाे र एकअर्काविरुद्ध नभएकाे उल्लेख गरे।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया