बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल र अरु दलहरूबाट पनि ‘अफर नआएको’ बताएका छन्।
सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए।
‘हामी सरकारमा जानेबारेमा केही र कुनै छलफल भएको छैन। उनीहरू आएपछि त के के गर्छन् भनेर तर्सिएका होलान्। हुन त म पत्रकारिता छोडिसकेको मान्छे हुँ तर मैले धेरै कुरा पत्ता लगाउनसक्छु’ उनले भने ‘हामी सरकारमा गएपछि त अरु पनि धेरै कुराहरू पत्ता लगाउँछन् भनेर तर्सिएका पनि होलान्। तर अहिलेका लागि हामी सरकारमा जान्नौँ।’
सहकारीको रकम हिनामिना गरेको आरोपसहितका समाचारहरू सार्वजनिक हुन थालेपछि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया