बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल र अरु दलहरूबाट पनि ‘अफर नआएको’ बताएका छन्।
सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए।
‘हामी सरकारमा जानेबारेमा केही र कुनै छलफल भएको छैन। उनीहरू आएपछि त के-के गर्छन् भनेर तर्सिएका होलान्। हुन त म पत्रकारिता छोडिसकेको मान्छे हुँ तर मैले धेरै कुरा पत्ता लगाउनसक्छु’, उनले भने ‘हामी सरकारमा गएपछि त अरु पनि धेरै कुराहरू पत्ता लगाउँछन् भनेर तर्सिएका पनि होलान्। तर, अहिलेका लागि हामी सरकारमा जान्नौँ।’
सहकारीको रकम हिनामिना गरेको आरोपसहितका समाचारहरू सार्वजनिक हुन थालेपछि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया