बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको धारणा राखेका छन्।
एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना भएको बताए। कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने बताए।
‘कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत बन्नेछ’, उनले भने, ‘नेताहरूले आफूलाई धुरी ठान्नुहुन्न, पार्टीलाई धुरी ठान्नुपर्छ, जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिएन भने मुलुकमा समस्या सिर्जना हुन्छ। राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ’, उनले भने।
सात सय प्रतिनिधि सहभागी हुने अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया