बिएल संवाददाता
नेकपा (एमाले) दोलखाको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्। प्रतिद्वन्द्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।
विजयी श्रेष्ठले ३३३ मत पाउँदा उनका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाए।
एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी भएका छन्। उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरले २६३ मत पाएका छन्।
यस्तै सचिव पदमा स्वयमबहादुर खड्का विजयी भएका छन्। खड्काले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाए।
उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया