तेजन खड्का
आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाइ बनेको छ।
लेटाङ नगरपालिका-९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।
उक्त जाँतो प्रदेश नं. १ सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जातोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।
लेटाङ वडा नं. ९ का वडाध्यक्ष नन्द किशोर दाहालका अनुसार ‘गाउँघरमा कहिल्यै छुट्न नहुने जाँतो अहिले इतिहास बन्दै थियो। यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुवैलाई सघाउने उद्देश्य रहेको छ।’
जाँतोबाट नामाकरण भएको जाते क्षेत्रमा रहेको यो जाँतो ग्रामीण संस्कृति र पहिचानको प्रतीक बनेको छ। अब यो स्थल न केवल सांस्कृतिक धरोहरको नमुना हो, आन्तरिक पर्यटनको नयाँ केन्द्रको रूपमा पनि विकास भइरहेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया