
बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्टले स्थायी समितिको निर्णयप्रति असहमति जनाएका छन्।
बुधबार बसेकाे पार्टीकाे स्थायी समिति बैठकले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट हटाएपछि उनले असहमति जनाएका हुन्।
उनले पार्टीको प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै सुदुरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ताको आशा र भरोसामाथि बज्रपात गरेकाे उल्लेख गरेका छन्।
‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदुरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ता र लाखौँ जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्।
नेता भट्टले स्थायी समितिको निर्णयले आफ्नाे राजनैतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको बताएका छन्।
उनले भनेका छन्, ‘स्थायी समितिको निर्णबाट आफ्नाे ३४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइनअन्तर्गत राजनैतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदुरपश्चिमका हजारौँ नेता, कार्यकर्ता र लाखौँ जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु।’
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया