बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्टले स्थायी समितिको निर्णयप्रति असहमति जनाएका छन्।
बुधबार बसेकाे पार्टीकाे स्थायी समिति बैठकले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट हटाएपछि उनले असहमति जनाएका हुन्।
उनले पार्टीको प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै सुदुरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ताको आशा र भरोसामाथि बज्रपात गरेकाे उल्लेख गरेका छन्।
‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदुरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ता र लाखौँ जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्।
नेता भट्टले स्थायी समितिको निर्णयले आफ्नाे राजनैतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको बताएका छन्।
उनले भनेका छन्, ‘स्थायी समितिको निर्णबाट आफ्नाे ३४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइनअन्तर्गत राजनैतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदुरपश्चिमका हजारौँ नेता, कार्यकर्ता र लाखौँ जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु।’
.jpg)
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया