बिएल संवाददाता
नेपाली काँग्रेसलाई ‘आउट’ गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्गठन गरेको मन्त्रीमण्डलमा १४ नयाँ अनुहार थपिएका छन्।
प्रधानमन्त्री प्रचण्डले बुधबार एमालेबाट ७, माओवादी केन्द्रबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३ जना गरी १४ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पाैडेलबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन्।
जसमा रवि लामिछाने (गृह), नारायणकाजी श्रेष्ठ (परराष्ट्र), वर्षमान पुन (अर्थ), रघुवीर महासेठ (भाैतिक पूर्वाधार तथा यातायात), शक्तिबहादुर बस्ने (ऊर्जा), रेखा शर्मा (सञ्चार), सुमना श्रेष्ठ (शिक्षा), हरि उप्रेती (रक्षा), राजेन्द्र राई (खानेपानी), भगवति चाैधरी (मिहला), दामाेदर भण्डारी (उद्याेग), ज्वालकुमारी साह (कृषि), बलाराम अधिकारी (भूमि) र विराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद) रहेका छन्।
याे सँगै प्रचण्डकाे नेतृत्वमा १७ सदस्यीय मन्त्रिमण्डल बनेकाे छ।
अब प्रधानमन्त्री प्रचण्डसँग थप चार मन्त्रालय बाँकी रहेका छन्। जुन माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा)काे लागि राख्ने निर्णय बुधबार दिउँसाे बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले निर्णय गरेकाे थियाे।
यद्यपि, जसपाले भने सरकारमा नजाने निर्णय गरेकाे छ। उसले मधेस प्रदेशकाे मुख्यमन्त्री सुनिश्चित नभएसम्म सरकारमा नजाने अडान दिएकाे छ।
प्रचण्डले गठन गरेकाे नयाँ सरकारमा नाराणकाजी श्रेष्ठ, रेखा शर्मा, शक्ति बस्नेत अघिल्लाे सरकारका अनुहार हुन्। नारायणकाजी श्रेष्ठ गृहबाट परराष्ट्रमा पुगेका छन्, भने शर्मा र बस्नेतकाे मन्त्रालय यथावत रहेकाे छ।
माओवादीले पार्टीका शीर्ष नेताहरुलाई सरकारमा समेटेकाे छ। वर्षमान पुन, रेखा शर्मा र शक्ति बस्नेत पटक-पटक मन्त्री बनेका व्यक्तिहरु हुन भने हितबहादुर तामाङ पनि बाबुराम भट्टराई नेतृत्वकाे सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए।
त्यसैगरी रास्वपाका रवि लामिछाने यसअघि नै गृह र डाेलप्रसाद अर्याल (डिपी) श्रम राेजगार तथा सामाजिक विकास मन्त्री बनेका व्यक्ति हुन्। उनीहरुकाे अघिल्लाेपटक जुन-जुन मन्त्रालय हाँकेका थिए अहिले त्यही त्यही मन्त्रालय पाएका छन्।
त्यस्तै विराजभक्त महर्जन अघिल्लाेपटक शिक्षा मन्त्री बनेका थिए।
रास्वपाकी सुमना श्रेष्ठ भने पहिलाेपटक मन्त्री बनेकी हुन्।
त्यस्तै एमालेले भने पार्टीकाे जुनियर नेताहरुलाई सरकारमा पठाएकाे छ। एमालेकाे नेतृत्व गर्दै विष्णु पाैडेल सरकारमा जाने चर्चा गरिए पनि अन्तिम समयमा पार्टीकाे नेतृत्व गर्दै महासेठ सरकारमा सरकारमा सहभागी भएका छन्। मन्त्री बनेका अधिकांश नेताहरु पार्टीकाे तेस्राे तहका नेताहरु हुन्।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया