बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा आफैँ चुनाव लड्ने भएका छन्।
गोरखा २ का मतदाताहरुसँग भएकाे छलफलका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले २०८४ को निर्वाचनमा आफैँ उम्मेदवार बन्ने निर्णय गरेकाे नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार छलफलका क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई भट्टराईले स्विकार गरेकाे हन्।
‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो ।त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसंग वृहत् छलफल भएको थियो।सो क्रममा आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्विकार गर्नुभएको छ। अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ’, नेता पाण्डेले भनेका छन्।
२०७९ काे निर्वाचनमा बाबुराम भट्टराईकाे सहयाेगमा प्रचण्डले गोरखा-२ बाट चुनाव जितेका थिए।
https://twitter.com/BishwadeepP/status/1766693746694103155
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया