बिएल संवाददाता
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन्।
सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए।
‘राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु। त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’, अध्यक्ष दाहालले भने, ‘म त्यहीअनुसार अगाडि बढ्छु।’
संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ थियो।
राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै उनले कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उनको भनाइ थियो। अध्यक्ष दाहालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिँदै छन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया