बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन्।
एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्यो कि विनाश गर्यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन्।
‘दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन’, उपमहासचिव ज्ञवालीले भने, ‘जनताको अवस्था फेरिएन। नेताको मात्रै जीवनस्तर उकासियो।’
उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए। सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे।
‘दश वर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो,’ उनले भने, ‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर व्यंग्य गर्नेबेला आयो। यो बिडम्बना हो।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया