बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा अध्यक्ष रञ्जिता श्रेष्ठको इच्छाविपरीत बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा नजाने निर्णय गरेका छन्।
मंगलबार बसेको बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकारर्य र समन्वय गर्ने निर्णय गरेको छ।
जुन नाउपाकी अध्यक्ष रञ्जिताको इच्छाविपरीत हो। रञ्जिताले केन्द्र सरकारमा जाने बताइरहेको भए पनि उनका श्रीमानसमेत रहेका संस्थापक अध्यक्ष रेशम चौधरीले केन्द्र सरकारमा नजाने निर्णय गराएका छन्।
यसअघि काँग्रेस नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारबाट रञ्जिताले मन्त्री फिर्ता बोलाएको भए पनि रेशमले भने मन्त्रिलाई फिर्ता नआउन भनेका थिए। पार्टीमा अध्यक्ष रञ्जिताको निर्णयमाथि प्रहार गर्दै सुदूरपश्चिमका मन्त्रीहरु सरकारमै छन्।
मंगलबार पनि बहुमति केन्द्रीय सदस्यले निर्णय गर्दै संघमा सरकारमा नजाने र प्रदेशमा भने सहकार्य गर्ने निर्णय गरेको नाउपाका जेष्ठ सदस्य दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया