बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन्।
आजदेखि सुरू भएको रमजान पर्वका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री दाहालले मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गरी राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएको उल्लेख गरेका छन्। उनले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता प्रवद्र्धन तथा राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएकाे बताएका छन्।
प्रधानमन्त्री दाहालले एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बी सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने उल्लेख गरे। रमजान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भावजस्ता पवित्रताका अभ्यासको संयोजनका रुपमा रहेको बताए।
प्रधानमन्त्री दाहालले रमजानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्नेसमेत गरिने उल्लेख गर्नुभयो। यसपर्वले मानिसलाई सत्मार्गमा डो¥याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको उनको भनाइ छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया