बिएल संवाददाता
लिबाङमा जारी नेकपा (एमाले) रोल्पाको सातौँ जिल्ला अधिवेशनमा पूर्वपत्रकार तथा मानव अधिकारकर्मी घनश्याम आचार्यले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार रोल्पा नगर कमिटीका पूर्वअध्यक्ष आचार्यसहित अध्यक्ष पदमै जिल्ला सचिव अमृतबहादुर बुढाले पनि उम्मेदवारी दिएका हुन्।
अध्यक्ष आचार्य लामो समयदेखि मानवअधिकार तथा पत्रकारिताको क्षेत्रमा सक्रिय थिए। उनी २०४७ सालमै अनरोस्ववियु रोल्पा जिल्ला कमिटी अध्यक्ष भएर राजनीतिमा क्रियाशील भएपनि २०५० सालपछि मानवअधिकार र पत्रकारिता क्षेत्रमा सक्रिय भएका थिए।
मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण भुमिका निभाएको भन्दै राष्ट्रियस्तरको मानवअधिकार पुरस्कार समेत प्राप्त गरेका आचार्य पुनः राजनीतिक जीवनमा फर्केपछि एमालेपंक्तिमा उत्साह छाएको छ।
आचार्यको राजनीतिक सक्रियता र जारी जिल्ला अधिवेशनमा अध्यक्ष पदकाे लागि उम्मेदवारी दिएपछि रोल्पामा एमालेको राजनीति नयाँ शिराहाबाट उठ्ने सामाजिक सञ्जालमा प्रतिक्रियाहरू दखिन्छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया