बिएल संवाददाता
पाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्।
आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गरेका हुन्।
'आज प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा हामीले भ्रष्टाचार नियन्त्रण गर्न र बढ्दो बेथितिसँग जुध्न सामूहिक सङ्कल्प गरेका छौँ', उनले भने, 'यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ। यसका लागि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक छ।'
अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले भने, 'जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने सङ्कल्प लिएर अघि बढेका छौँ।' उनले मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले यहीमार्फत देशलाई समृद्ध बनाउनुपर्ने तर्क गरेका छन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया