बिएल संवाददाता
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ।
महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन्।
जसअनुसार आज कार्यकारिणी र मंगलबार केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ।
महेन्द्रराय यादव पक्षधर नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए। मूलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ।
शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितितमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए।
अध्यक्ष भट्टराईले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णयबिना भएको भन्दै आजको बैठकबाट दुवै जनालाई कारबाही गर्ने बुझिएको छ।
पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरेपछि भट्टराई क्रुध रहेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया