बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवदेन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र साङ्गठनिक प्रतिवदेनमाथि छलफल हुने सो पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
यही चैत ९ गतेसम्म चल्ने बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिने छ।
पार्टी अध्यक्ष नेपाललाई राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक प्रस्तावमाथि छलफल गरी निर्माणाधीन दस्तावेजलाई पूर्णता दिइने छ।
ती चारवटा प्रतिवेदनको छलफलपछि मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी रणनीतिक योजना बनाई सबै पक्षलाई समेटेर तयार गरिने दस्तावेजलाई महाधिवेशनमा लैजाने जनाइएको छ। आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्न लागिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया