बिएल संवाददाता
नेकपा (एमाले)काे संकल्प यात्रा समापन भएकाे छ।
गत मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा आज (आइतबार) पाँचथरकाे चिवाभन्ज्याङ पुगेर सकिएकाे हाे।
अध्यक्ष केपी शर्मा ओलीले जङ्गेपिलरमा राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गरे।
यात्रा १८औँ दिनमा समापन भएकाे हाे। त्यस क्रममा एमालेले मध्यपहाडी राजमार्गमा पर्ने २६ जिल्लाका ३० स्थानमा सभा गरेकाे थियाे।

यात्राकाे क्रममा जनताकाे समस्या, आशा, अपेक्षाहरु टिपाेट गरेका अध्यक्ष ओलीले बताए। जनताका सबै समस्या समाधान गर्न एमाले सक्षम रहेकाे ओलीकाे भनाइ छ।
चिवाभञ्ज्याङमा समापन कार्यक्रममा बाेल्दै ओलीले वर्तमान सरकार असफल भएकाे टिप्पणी गरे। उनले आगामी निर्वाचनपछि एमालेले एकल बहुमतकाे सरकार बनाउने दाबी गरे।


अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया