
बिएल संवाददाता
नेकपा (एमाले)काे संकल्प यात्रा समापन भएकाे छ।
गत मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा आज (आइतबार) पाँचथरकाे चिवाभन्ज्याङ पुगेर सकिएकाे हाे।
अध्यक्ष केपी शर्मा ओलीले जङ्गेपिलरमा राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गरे।
यात्रा १८औँ दिनमा समापन भएकाे हाे। त्यस क्रममा एमालेले मध्यपहाडी राजमार्गमा पर्ने २६ जिल्लाका ३० स्थानमा सभा गरेकाे थियाे।
यात्राकाे क्रममा जनताकाे समस्या, आशा, अपेक्षाहरु टिपाेट गरेका अध्यक्ष ओलीले बताए। जनताका सबै समस्या समाधान गर्न एमाले सक्षम रहेकाे ओलीकाे भनाइ छ।
चिवाभञ्ज्याङमा समापन कार्यक्रममा बाेल्दै ओलीले वर्तमान सरकार असफल भएकाे टिप्पणी गरे। उनले आगामी निर्वाचनपछि एमालेले एकल बहुमतकाे सरकार बनाउने दाबी गरे।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया