बिएल संवाददाता
सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिएको छ।
धनुर्मास पूजा गर्नुअघि मंगलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो।
पुस महिनाभर सूर्य धनु राशिमा रहने भएकाले प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिँदै आएको छ।
बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ।
परम्पराअनुसार राति १२ बजेदेखि बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ। रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ।
बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनको भनाइ छ। टाढाटाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिने कोषले जनाएको छ।
उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास रहेको छ। यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ। बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया